प्रधानमन्त्री ओलीबाटै रष्ट्रिय सुरक्षामा थ्रेट : गगन थापा
काठमाडौं – नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीबाटै रष्ट्रिय सुरक्षामा थ्रेट देखिएको बताएका छन् । नेता थापाले शुक्रबार सामाजिक सञ्जाल ट्विटरमार्फत प्रधानमन्त्री ओलीले भारतीय गुप्तचर संस्थाका प्रमुखलाई भेटनु सामान्य नभएको बताएका हुन् ।
यसबारे अनुसन्धान हुनुपर्ने माग पनि उनले गरेका छन् । प्रधानमन्त्रीको भारतीय गुप्तचरसँगको भेटघाटलाई कूटनीतिक मर्यादाको उलंघन भनेर सामान्य त्रुटिका रुपमा प्रस्तुत गर्न खोजिएको भन्दै उनले भनेका छन्, ‘‘सम्बन्धित मन्त्रालय र निकायको अनुपस्थितिमा विदेशी गुप्तचरसँग भएको भेटघाटले प्रमबाट नै राष्ट्रिय सुरक्षामा थ्रेट देखिएको छ। यसको अनुसन्धान हुनुपर्छ ।’’
त्यस्तै उनले देशभित्रको समस्यामा हात उठाएको ओली सरकार पूर्णरूपमा अक्षम भएको पनि आरोप लगाएका छन् । अन्तर्राष्ट्रिय सम्बन्धलाई सही दिशा दिन र राष्ट्रिय हितमा प्रयोग गर्न ओली अक्षम भएको थापाको भनाइ छ ।
बधबार राति प्रधानमन्त्री ओलीले भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्तकुमार गोयलसँग प्रधानमन्त्री निवास बालुवाटारमै भेटवार्ता गरेका थिए।
प्रधानमन्त्रीको भारतिय गुप्तचरसंगको भेटघाटलाई कुटनीतिक मर्यादाको उलङ्घन भनेर सामान्य त्रुटीका रुपमा प्रस्तुत गर्न खोजिएको छ।सम्बन्धित मन्त्रालय र निकायको अनुपस्थितिमा विदेशी गुप्तचरसंग भएको भेटघाटले प्रमबाट नै राष्ट्रिय सुरक्षामा थ्रेट देखिएको छ।यसको अनुसन्धान हुनुपर्छ। pic.twitter.com/zW1J00xLmU
— Gagan Thapa (@thapagk) October 23, 2020