विचारको शक्तिमा विश्वास गरौँ

बिहिबार, १३ कार्तिक २०७७

काठमाडौं – प्रायः विचारको आयु निकै छोटो हुन्छ । त्यसैले जब कुनै विचार आउँछ, तब त्यसमा तुरुन्त ध्यान दिनुपर्छ । नत्र त्यो विचार कतै हराउन सक्छ तर मर्दैन । कसैले केही समयपछि त्यही समाउन नसकेको, तपाईले मरोस् भनेर छोडेको विचारमा काम गरेर महानता प्राप्त गर्न सक्छ ।

मनोवैज्ञानिकहरुको मान्यता पनि यस्तै छ । ९५ प्रतिशत व्यक्तिको विचारको शक्ति वा क्षमता एवं साहस त्यसभन्दा कैयौँ बढी हुन्छ, जति उनीहरु सोच्ने गर्छन् । त्यसैले आफू भित्रको अनन्त शक्ति चिनौँ र महान् सपना देखौँ, सफलता अवश्यमभावी छ । यो धु्र्र्रवसत्य हो ।

तपाईसँग अहिले के छ ? राम्रो घर, राम्रो कार, राम्रो जागिर, राम्रो व्यापार, राम्रो डिग्री, राम्रो सामाजिक प्रतिष्ठा, राम्रो ब्याङ्क ब्यालेन्स अर्थात् सबै कुरा । राम्रो भविष्य पनि । के तपाईलाई कुनै बेला यस्तो लाग्दैन, म सँग यसभन्दा धेरै राम्रो हुनुपर्ने थियो ।
बेलाबेलामा हामी भित्र यस्तो विचार आउदैँन । म सँग अहिले जे छ त्यसभन्दा धेरै बढी गर्न सक्ने क्षमता छ म सँग । पक्कै पनि तपाई भित्र पनि यस्तो विचार आउँछ । हो त्यो विचार समाउनुस् । त्यो वास्तविक विचार हो ।

वास्तवमा एउटा मानिससँग वर्तमानमा जे छ, त्यसभन्दा कैयौँ गुणा बढी गर्न सक्ने क्षमता उसै भित्र छ । यदि उसले चाहयो भने अकल्पनीय काम गर्न सक्छ । बस उसले चाहनुपर्छ ।