भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई झट्का, दिनदहाडै तीन नेताको गोली हानी हत्या
नयाँ दिल्ली – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टीका तीन कार्यकर्ताको गोली हानी हत्या भएको छ । कश्मिरको कुलगाम जिल्लामा शंकास्पद चरमपन्थीले सत्तारूढ दल भारतीय जनता पार्टी (बिजेपी)का तीन कार्यकर्ताको गोली हानी हत्या गरेका हुन ।
मारिनेमा बिजेपी युवा मोर्चाका महासचिव फिदा हुसैन, उमर हजाम र उमर बेग रहेका छन्। जम्मु कश्मिरका बिजेपी प्रवक्ता अल्ताफ ठाकुरले एक विज्ञप्ति जारी गर्दै घटनाको कडा निन्दा गरेका छन्। उनले हत्यालाई बर्बर बताएका छन्।
ठाकुरले ईद – एमीलाद – नबीको पावन अवसरमा निहत्ता नागरिक मार्न नछोडिएको बताए । प्रहरी समक्ष उनले घटनामा संलग्नलाई छिटो भन्दा छिटो खोजेर कडा कारवाही गर्नुपर्ने माग गरेका छन्।
कश्मिरमा केही महिना यता लगातार बिजेपी कार्यकर्ता तथा जनप्रतिनिधिमाथि ज्यान लिने हमलाहरू हुँदै आएका छन्।