काममा इमानदार हुनुहोस्, जीवनमा कहिल्यौ समस्या आउँदैन

सोमबार, १७ कार्तिक २०७७

काठमाडौं – जसरी असफल मानिसको सोचमा समानता पाइन्छ । सफल मानिसहरुको पनि कुनै कुराप्रतिको दृष्टिकोणमा एकरुपता हन्छ । त्यस्तै कुनै गरिब बस्तीमा पुग्नुभयो भने उनीहरुको जीवन र जगतप्रतिको दृष्टिकोणमा एकरुपता हुुने गर्छ ।

संसारका सफल मानिसहरुबारे अनुसन्धान गर्ने हो भने ९९ प्रतिशत मानिसको लक्षण एकंै किसिमको हुने गर्छ । सफल मानिसहरुमा आश्चर्यजनक समानता पाइन्छ । उनीहरु सानैदेखि जब कुनै पनि जिम्मेवारी लिन्छन् त्यसप्रति उनीहरु पूर्ण जबाफदेही हुन्छन । काम नपाउन्जेल उनीहरु लापर्बाही हुन् कि जस्तो लाग्छ तर जब उनीहरुको हातमा काम आउँछ तब उनीहरु एकदमै तम्तयार हुन्छन् । आफ्नो काममा थोरै पनि लापर्बाही गर्दैनन्, चाहे त्यो काम जति नै सानो किन नहोस् ।

जब तपाई केही गरीरहनुभएको हुन्छ या केही नगरी चुपचाप बस्नुभएको हुन्छ संसारले तपाईलाई हेरीरहेको हुन्छ । तपाईको कुनै काममा लापर्बाही गर्ने बानी छ भने कुनै दिन त्यसले तपाईको जीवनमा ठूलो दुष्परिणम ल्याउन सक्छ । आ.. के मरिहत्ते गरिरहनु भन्दै तपाईको काम गर्ने बानी छ भने यही बानीले एक दिन तपाई माहान् अवसरबाट चुक्न सक्न्ुहुन्छ ।

जब कुनै समय तपाईलाई ठूलो अवसर सिर्जना भइरहेको हुन्छ त्यो बेला तपाईको लापर्बाहीले तपाइको काम चौपट बनाउन सक्छ । के थाहा त्यो अवसर दिने मानिसमध्ये कोही तपाईको लापर्बाही देख्ने मानिस पो हुन्छकी ।

काम गर्दा सदैव याद राख्नु आवश्यक छ, कि कोही न कोही मलाई हेरीरहेको छ । कसैले नहेरेको भए पनि तपाईको बानी त्यस्तै बस्तै जान्छ । तपाई गैरपजिम्मेवार बन्दै जानुहुन्छ । तपाई फस्तै जान्ुहुन्छ । त्यस कारण जीवनमा सफलता चाहानुहुन्छ भने तपाई जुन कामको जिम्मेवारी लिनुहुन्छ त्यो पूर्ण इमानदारी साथ गरेको सानो काम नै भविष्यमा ठूलो सफलताकोे ढोका हुनसक्छ ।