पार्टी विभाजनबारे बोले प्रधानमन्त्री ओली

सोमबार, १७ कार्तिक २०७७

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी विभाजनको विषयमा प्रतिक्रिया दिएका छन । उनले पार्टीमा फुटको अवस्था नआएको र आफूले त्यस आशयको कुरा नगरेको प्रतिक्रिया दिएका छन् ।

सहरी विकास मन्त्रालयले निर्माण गरिरहेको तीन हजार सिट क्षेमताको सभा हलको अवलोकन गरेपछि प्रधानमन्त्री ओलीले यस्तो प्रतिक्रिया दिएका हुन । आइतबार पत्रकारको जिज्ञासामा प्रधानमन्त्री ओलीले आफूले अर्का अध्यक्ष प्रचण्डलाई निरन्तरको बैठकबारे जिज्ञासासम्म राखेको दावी गरेका थिए ।

‘उहाँहरुका एक खालका मिटिङ लगातार चलिरहेका हुनाले यो के गर्न खोजिएको हो, के भइरहेको छ, भनेर मैले सोधेको थिएँ’, उनले भने, ‘उहाँले छलफल भएको थियो, त्यस्तो केही होइन भन्नुभयो ।’