समस्याको आकार कसरी घटाउने ? तरिकासहित

मंगलबार, १८ कार्तिक २०७७

काठमाडौं – हाम्रो अर्को समस्या हो, कुनै पनि समस्यालाई कन्भेक्स लेन्सबाट म्याग्निफाइ गरी हेर्नु । समस्या वास्तवमा हामीले देख्ने गरे जस्तो ठूलो हुदै हुँदेन । बस हामी त्यसलाई ठूलो मात्र देखिरहेका हुन्छौ ।

खेतको बीचमा एउटा ठूलो ढुङ्गो थियो । त्यसमा किसानको हलो अड्केर धेरै पटक भाँचिइसकेको थियो । खेती गर्ने पनि कठिन थियो । किसानका लागि त्यो भयानक समस्या भयो । प्रगतिको बाधक बनेको त्यो ढुङगो निकै तलसम्म धसिएको थियो । एक दिन किसानले त्यो ढुङ्गा निकाल्न सारा गााउँलेसँग सहयोग माग्यो । सबै भेला भए ढुङ्गाको वरिपरि खोताले तर ढुङ्गा जे देखिन्थ्यो त्यस्तो रहेनछ । अर्थात जमिन माथि नै रहेछ । एकैजनाले उखेलेर फ्याँक्न सक्नेगरी माथि । गाउँलेको अगाडि ऊ लज्ति भयो । किसानले जे कुरालाई यतिका वर्ष विशाल समस्या ठानेको थियो । वास्तवमा त्यो समस्या नै रहेनछ ।

हो त्यो किसानले झैँ हामी पनि आफ्नो समस्यालाई ठूलो बनाएर प्रस्तुत गर्छौ । यदि तपाईलाई आफूप्रति विश्वास छ, तपाई उच्च योग्यता भएको मानिस हो र तपाईले जिन्दगीमा केही खास गर्नु छ । केही विशेष गरेर देखाउनु छ तब तपाईका हरेक काममा यसको झलक देखिनेछ । र अन्ततः त्यही तपाईको वास्तविकता बन्छ ।

तपाइको आफूप्रतिको जिम्मेदारी के हो ? पहिचान गर्नुहोस् र तपाई आफ्नो भित्री धारणा बदल्नुस् । जसबाट तपाईको आशा बाहिरी दुनियाँको आकांक्षासँग मेल खाओस्, लक्ष्य बनाउनुस्, लक्ष्यमा फोकस हुनुहोस्, कुनैपनि समस्यालाई ठूलो रुपमा नहेर्नुस् । तपाईको आज जे र जस्तो अवस्था छ, त्यहीबाट सुरु गर्नुहोस् । एक दिन आफूलाई आफ्नो सपना पूरा भएको अवस्थामा पाउनुहुनेछ ।