सिर्जनशील बन्नुहोस् सफलता तपाईँको पछि लाग्नेछ, सिर्जनशील कसरी बन्ने ?
काठमाडौं – सफलताका लागि नभई नहुने कुरा भनेको सिर्जनशीलता हो । काम यो, त्यो भन्ने छैन । तपाई सिर्जनशील बन्नुहुन्छ भने जीवनमा कुनै पनि काम गरेर तपाई सफल हुन सक्नुहुन्छ । सफलताका लागि आवश्यक छ सिर्जनशीलता । अर्थात् सफलताका लागि क्रिएटिभ बन्नु जरुरी छ ।
यदि तपाई कुनै पनि काम परम्परागत शैलीमा गरिरहनुहुन्छ भने कहिल्यौ पनि सफलतामा छलाङ मार्न सक्नु हुन्न । तपाईले अभावमा रहनु नर्पला तर सफल मानिसको रुपमा आफूलाई उभ्याउन सक्नु हुन्न । ती करोडौँ मानिसझैँ औषत भएर रहनुहुन्छ । मेहनत र लगानी बढी हुन्छ । तर उपल्ब्धि एकदमै कम पूरा जिन्दगी हैरानमा बित्छ ।
सुख, खुसी र आनन्द के हो कहिल्यौ अनुभूत गर्न पाउनु हुन्न । जति मेहनत गरे पनि महिनाको अन्तिममा केही हजार पनि बचत हुदैन । व्यापार गर्नुहुन्छ, त्यसको हालत पनि त्यस्तै हुन्छ । अझ मेहनत गर्छु, अर्को महिनादेखि सुधार होला भन्दाभन्दै वर्षाै वर्ष बित्छन् हालत जस्ताको त्यस्तै ।
सोच्नुहोस् त तपाईलाई कुनै बेला जति परिश्रम गरे पनि हालतमा सुधार भएन जस्तो लाग्दैन ? तपाई जुन योग्यता र क्षमता छ त्यस अनुसार तपाईलाई काममा सफलता मिलिरहेको छैन् । श्रम अनुसारको प्रतिफल पाइरहनुभएको छैन । तपाई जुन सोच र सपनाका साथ काममा संलग्न हुनुभएको थियो, ती कुनै पनि कुरा प्राप्त भएका छैनन् ।
हामीले बुझेको सत्य –जसले जति बढी मेहनत वा परिश्रम गर्छ पसिना बगाउँछ उसको सफलता त्यहीँ अनुपातमा सुनिश्चि हुन्छ । हामी सबैले पढेको बुझेको र देखेको कुरा यही हो । तर सबै ठाउँमा सधैँ यस्तो नहुन सक्छ । धेरै परिश्रम गरेर तपाई यसै आफ्नो शक्ति र ऊर्जा क्षय गरिरहनुभएको पनि हुन सक्छ । यदि यस्तो समस्या छ भने तपाईले आफ्नो काममा प्रविधि र सिर्जनशीलता भर्न जरुरी छ । नत्र वर्षौंपछि पनि तपाई आफूलाई जहाँको त्यही पाउनुहृुनेछ ।
मानौँ तपाई कहीँ नपुगिने गोलचक्करमा फस्नुभएको होस् । तपाई कुनै भारी बोकेर उभिनुभयो भने त्यो काम होइन । जब हिड्नुहुन्छ तब त्यो काम हुन्छ । त्यो भारी तपाईले बागबजारबाट बानेश्वर लानु थियो तर तपाई बालाजुतिर लाग्नुहुन्छ भने त्यो बेकाम हुन्छ । अब बालाजुुबाट पनि तपाई रिङरोडबाट महाराजगन्ज, चावेल कोटेश्वर हुँदै बानेश्वर आउन सक्नुहुन्छ ।
यो काम त हुन्ङरोडबाट महाराजगन्ज ,चावेल कोटेश्वर हुँदै बानेश्वर आउन सक्नुहुन्छ । यो काम त हुन्छ तर अनावश्यक परिश्रम लाग्छ । अनावश्यक रुपमा शक्ति क्षय गर्ने कामबाट तपाईलाई फाइदाभन्दा घाटा बढी हुन्छ । त्यसैले तपाईले जुन काम गरिरहनुभएको छ, त्यसमा क्रिएटिभिटी मिसाउनुपर्छ ।