अमेरिकाको राष्ट्रपतिय निर्वाचन : १८ राज्यको मतगणना सकियो, ट्रम्प भन्दा बाइडन अगाडि

बुधबार, १९ कार्तिक २०७७

काठमाडौं – अमेरिकी राष्ट्रपति चुनावको सुरुवाती मतगणनामा डेमोक्रेटिक उमेद्वार जो बाइडन अगाडि देखिएका छन । कूल ५० मध्ये १८ राज्यको मतगणना सकिँदा डेमोक्रेट उम्मेद्वारा वाइडन १७ सिटले अगाडि देखिएका छन ।

वाइडन पक्षका ८९ र रिपब्लिकन उम्मेद्वार डोनल्ड ट्रम्पको पक्षका ७२ प्रतिनिधि चुनिएका छन् । राष्ट्रपति निर्वाचित हुन कम्तीमा २७० इलेक्टोरल कलेजका प्रतिनिधिको आवश्यकता पर्छ ।

डोनल्ड ट्रम्पको केन्टकी, टेनसी, वेस्ट भर्जिनिया, आरकंसा र ओक्लाहोमामा जीतको अनुमान गरिएको छ ।
यस्तै, उनको डेमोक्रेटिक प्रतिद्वन्द्वी बाइडन डेलावेयर, मेरील्याण्ड, म्यासाच्युसेट्स, न्यूजर्सी, न्यूयोर्क र डिस्ट्रिक्ट अफ कोलम्बियामा जीत हासिल गर्न सक्ने सम्भावना छ ।