बढ्यो सुनको मूल्य

बुधबार, १९ कार्तिक २०७७

काठमाडौं – नेपाली बजारमा सुनको मूल्य बढ्ेको छ । नेपाल सुनचांदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा ९ सयले बढेको छ ।

बुधबार छापावाला सुन प्रतितोला ९६ हजार ३ सयमा रुपैँया र तेजावी सुन प्रतितोला ९५ हजार ८ सय रुपैँयामा कारोबार भइरहेको छ ।

अघिल्लो दिा सुन प्रतितोला ९५ हजार ४ सयमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य १२ सय ५ रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यसायी महासंघले जनाएको छ।

चाँदी भने अघिल्लो दिनको तुलनामा ५ रुपैयाँले घटेको हो।