कोही मान्छे किन पछि पर्छन् ?

बिहिबार, २० कार्तिक २०७७

काठमाडौं – मान्छे केही हुन्छ र बन्छ भने आफनो शक्ति, सामथ्य र बुद्धिमत्ताले बन्छ । नेपाली उखान ‘बोकेको कुकुरले मृग मार्दैन’ भनेझै तपाईलाई केही पाइला हिड्न मानिसले सहयोग गर्लान तर तपाईलाई कसैले पनि शिखरमा लिएर जाँदैन ।

सफलताको शिखरमा पुग्न तपाईले आफैँ हिडन् पर्छ । आफैँ पाइला चाल्नु् पर्छ । तपाई कुनै कुरा चाहानुहुन्छ भने त्यो पाउने नपाउने तपाईमै निर्भर हुन्छ । यदि तपााईमा कुनै समस्या या बाध्यता छ भने समाधान गर्ने कुरा पनि तपाईमै निर्भर छ । तपाईको सफलता वा असफलतामा तपाई बाहेक अरु कोही जिम्मेवार छैन् । अरुलाई दोष दिएर नपन्छिनुस् । यदि तपाईको सङ्कल्प छ, तपाईले जसरी पनि सफल हुनु छ र चाहे जेसुकै होस् तपाई यसमा अटल रहनुहुन्छ भने तब संसारमा कुनै त्यस्तो शक्ति छैन, जसले तपाईलाई सफलता प्राप्त गर्नबाट रोक्न सकोस् ।

यदि तपाइको जीवनमा कुनै लक्ष्य नै छैन भने तपाईसँग कुनै संङ्कल्प पनि हुदैन । तपाईले धेरै काम गरेको, मेहनत गरेको त देखिन्छ तर परिणाम केही पनि निस्कँदैन । तपाईलाई कुनै तिव्र गतिको रेलमा चढ्नुभयो तर आफू कहाँ जाने भन्ने नै तपाईलाई थाहा छैन भने त्यो गतिको के अर्थ, के प्रयोजन, गतिमा हुनु मात्र सबै कुरा होइन । गति लक्ष्यतिर छ कि छैन, प्रमुख कुरा त्यो कुरा त्यो हो ।

जब मानिस अर्काको भर पर्छ तब उ पछि पर्छ । अर्काको भर पर्ने र लक्ष्य नभएको मानिस जीवनमा कहिँपनि पुग्न सक्दैन ।