तीन लाख मूल्यको पटाका बरामद
झापा – झापामा तीन लाख रुपैयाँ बराबर मुल्य पर्ने अवैध पटाका बरामद भएको छ । झापा प्रहरी गस्ती टोलीले भद्रपुर नगरपालिका–५ बाट पटाका बरामद गरेको हो ।
भारतबाट नेपालतर्फ अवैध रुपमा लुकाईछिपाई राखेको अवस्थामा वडा प्रहरी कार्यालय, भद्रपुरबाट खटिएको टोलीले अन्दाजी ३ लाख मूल्य बराबरको पटका बरामद गरेको झापाका डीएसपी राकेश थापाले बताए ।
बरामद पटका आवश्यक अनुसन्धानको लागि तथा कानुनी कारबाहीको लागि वडा प्रहरी कार्यालय भद्रपुरमा राखिएको डीएसपी थापाले जानकारी दिए ।
तिहारअघि सञ्चारकर्मीको रोहवरमा बरामद गरिएका जतिपनि पटाकाहरु खाल्डो खनी पानी हालेर नष्ट गरिने समेत थापाले बताए ।