तपाईँको शक्ति कति हो ? थाहा पाउनुहोस्

शुक्रबार, २१ कार्तिक २०७७

काठमाडौं – एउटा कुरा सदैव सम्झनुस्– हरेक मानिस क्षमतावान् छ । ऊ उसले चाहेको प्राप्त गर्न सक्छ । भनाईको मतलब हो, क्षमताको दृष्टिले तपाई पनि बुद्धिमान हुन्नुहुन्छ ।

कुनै अर्को सफल र बुद्धिमान मानिसभन्दा कम होईन । हामी सबै एकै प्रकारले बनेको छौँ तर एउटा कुरा तपाईंलाई ज्ञात हुनुपर्छ– तपाईसँग आफूलाई व्यक्त गर्ने भिन्न तरिका, शैली, प्रतिभा र योग्यता छ । यदि तपाईले अर्काेलाई हेरेर ऊ जस्तो बन्न या हुन अन्धाधुन्ध नक्कल गर्न थाल्नुभयो भने त्यही नै तपाईको कमजोरी र असफलताको कारक हुनेछ । अर्थात् तपाई क्रिएटिभ बन्नुपर्छ ।

आँखाले देख्न नसकिने सानो अणु, जसलाई एकमाथि अर्को गरी खापेर एक लाख राखियो भने बल्ल एउटा रौँको मोटाइजति हुन्छ । त्यति सानो अणुलाई हेर्नुहोस् त कति शक्ति लुकेको ? एउटा अणुमा लुकेको जति ऊर्जा यदि विष्फोट हुने हो भने करौँडौको जीवन खरानी हुन्छ । कोही कल्पनासम्म गर्न सक्छ यति सानो अणुमा यस्तो प्रलयकारी शक्ति छिपेको होला ?

अहँ, तर रहेछ लुकेको, पत्ता लाग्यो । मनुष्यको चित्तका पनि अणु हुन्छन् । पदार्थका अणुलाई हामी खोजी सक्यौँ, त्यहाँ परमाणुको शक्ति भेटियो । अब चित्तका अणुको शक्ति भेटीयो । अब चित्तका अणुको शक्ति भेटाउनु छ ।

केही मानिसले भेटाएका छन् तर सम्पूर्ण रुपमा भने होइन् । उनीहरुले थोरै शक्ति थाहा पाउ्रँदा पनि संसार हल्लाउन सकेका छन् । यदि कसैले कुनै दिन चेतनाका अणुकोे सम्पूर्ण शक्ति थाहा पायो भने के हुन्छ ? हामी अनुमानसमेत गर्न सक्तैनौँ ।