चालीस लाख नगदसहित एक जाना पक्राउ

शुक्रबार, २१ कार्तिक २०७७

काठमाडौं – स्रोत नखुलेको रकम रु. ४० लाखसहित नवलपरासी पश्चिम० पाल्हीनन्दन गाउँपालिका–२ का ब्यास गुप्ता पक्राउ परेका छन् ।

बुटवलबाट आएको रात्रि बसका यात्रीका सरसामान निरीक्षण गर्ने क्रममा गुप्ताबाट उक्त रकम बरामद गरिएको हो ।

चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गामा शुक्रबार यात्रीका सामान जाँच्दा स्रोत नखुलेको उक्त रकमसहित गुप्तालाई नियन्त्रणमा लिएर आवश्यक कारबाही प्रारम्भ गरिएको नागढुङ्गास्थित महानगरीय प्रहरी प्रभागले जनाएको छ ।