तपाईँको क्षमता कति छ ? आफै पत्ता लगाउनुहोस्

आइतबार, २३ कार्तिक २०७७

काठमाडौं – मानिस भित्र करोडौँ जीवित कोषहरु छन्, जसलाई थाहै छैन –तपाई के हो अर्थात मानिस भनेको के हो । नापको हिसाबले एक इन्चको हजार भाग बराबर हुने मानव कोशिका अर्थात् डिएनए (डिओक्सी राइबोन्युक्लिक एसिड) मा कति धेरै निर्देशन, कति धेरै डाटा सुरक्षित रहेको हुन्छ भने यसको वर्णनमा ६०० पेजका लगभग एक हजार पुस्तक भर्न सकिन्छ । तपाइको शरीरको एउटा सानो डाएनमा एक विशाल पुस्ताकलय लुकेको हुन्छ ।

जुनसुकै मानिसमा कुनै पनि कुराको सम्भावना हुन्छ । हात्तीका जस्ता कान, सैतानका जस्ता दाह्रा हुने, चराझैँ उड्न सक्ने, माछाझैँ पानीमा पौडीन र हिँड्न सक्ने, चितुवा जस्तो दौडने सक्ने, अर्नाको जस्तो एकै प्रहारमा ढल्न सक्ने हात्तीले झैँ विशाल भारी उचाल्न सक्ने सबका सब । त्यो मात्र होइन, दिउसै तारा देख्ने सक्ने, एक ठाउँमा बसीबसी अर्काको ठाउँमा देख्न र सुन्न सक्ने, सामथ्र्य एउटै मानिसमा लुकेको हुन्छ । तर हामीसँग हात्तीका जस्ता कान छैनन् न त सैतानका जस्ता दाह्रा छन् । किन ? किनकि हामीले यो आजको स्वरुप लाखौँ वर्षको सोचको कारणले प्राप्त गरेका हौँ । यो रुप हामीले रोजेका हौँ । हरेक प्रणीलाई उसको आवश्यक्ता अनुसार प्रकृतिले स्वरुप दिएको हुन्छ ।

जिराफले लामो घाटी, हात्तीको विशाल शरीर र सँुड, चराहरुले पखेटा, उँटका लामा खुट्टा सबै उनीहरुको चाहानाको परिणाम हो । मान्छेले आफ्नो रुप आफैँले रोजेर पाएका हो । हामीले चाहेको रुपलाई अस्तित्वले आकार दियो । यदि हामीले पनि सिंहले जस्तो मस्तिष्कको साटो दाह्रा र नङ्ग्रामा विश्वास राखेको भए पाउँथ्यो तर मानिसले यो सभ्यता निर्माण गर्न सक्ने थिएन । तपाईले चाल्र्स डार्बिनको द ओरीजिन अफ स्पीसिज पढ्नु भएको भए थाहा पाएको हुनुपर्छ– मानिसका पुर्खा बाँदर हुन् ।

अब तपाई अनुमान गर्न सक्नृुहुन्छ यदि हामी बाँदर थियौँ भने हामीसँग शारीरिक कलाबानीका कस्ता–कस्ता क्षमता थिए होला । पुच्छर पनि थियो होला अझ वैज्ञानिकहरु त मान्न थालेका छन् बाँदरभन्दा अझँ पर पुग्ने हो भने मानिसको पुर्खा छेपारो हो ।

यो उदारण किन राखियो भने मानिसमा जुन बाटो र क्षमता आज छ, लाखौँ, करोडौ अझ भन्ने हो भने अरबौँ वर्षको विकासक्रमको परिणम हो । र, आजको मानिसभित्र ती हरेक कुराको सम्भावना छ, जुन उसको सम्भावना छ, जुन उसले विकासक्रममा भोगेको थियो । तर मानिसले अर्काे कुरामा विश्वास गर्याे । उसले जे कुराको नियमित प्रयोग गर्याे उसको इक्छा अनुरुप अस्तित्वले उसलाई त्यो स्वरुप र क्षमता प्रदान गर्यो । विकसित गर्याे । तथापि उसमा ती सबै अझ पनि विद्यमान छन् ।

मानिसले सबैभन्दा बढी मस्तिष्कलाई विश्वास गर्यो । सोचमा विश्वास गर्यो । कल्पना गर्न सिक्यो, त्यसैले मानिस आजको मानिस भयो । लाखौँ वर्षपछि मानिसको स्वरुप यस्तै रहला भन्ने कुनै ग्यारेन्टी छैन । बाच्नका लागि मानिसलाई फरक स्वरुप आवश्यक पर्यो भने उसको. सोच र उपयोगीको आधारमा आकार परिवर्तनलाई त्यो बेग्लै कुरा हो । तर मानिसको मस्तिष्कको क्षमता, उसको कल्पनाशक्ति कसरी विकसित भइरहेको छ भने अब मानिसले कुनै पनि भौतिक परिवर्तन गर्न समय नै लाग्दैन ।

सयौँ वर्ष अगिको जस्तो करोडपति हुन वषौँ हड्डी घोटीरहनुपर्ने आवश्यक्ता छैन । हामी यस्तो युगमा छौ, मानिसले जे कल्पना गर्न सक्छ उसले त्यो प्राप्त गर्न सक्छ । गाडि, बङ्गला र जेट किन्ने या अमेरिका, युरोप र अन्तरिक्षको यात्रा मात्र होइन मानिसले जे पनि कल्पना गर्न सक्छ । सपना देख्न सक्छ भने त्यसलाई प्राप्त गर्न पनि सक्छ ।

तसर्थ, त्यो सामाथ्र्य तपाईँसँग पनि हुन सक्छ । आफूमा भएको अन्तरनिहित क्षमतालाई प्रस्फोटन गर्दै नयाँ इतिहास रच्ने अवसर तपाईमा छ ।