चुनावमा पराजीत भएपछि ट्रम्पले लिन थाले एक्सन, जनतामाथि धोका

मंगलबार, २५ कार्तिक २०७७

एजेन्सी – अमेरिकाका राष्ट्रपनि डोनाल्ड ट्रम्पले निर्वाचनमा पराजीत भएपछि अन्दाधुन्ध एक्सन लिन थालेका छन । जनताबाट अस्वीकृत भएर पनि हार अस्वीकार गरिरहेका ट्रम्पले आफ्नो क्याविनेटका रक्षा मन्त्री मार्क एस्परलाई बर्खास्त गरेका छन ।

ट्रम्पले ट्वीट गर्दै मार्क एस्परलाई बर्खास्त गरेको जानकारी दिएका छन । एस्परको स्थानमा नेशनल काउन्टर टेरोरिजम सेन्टरका प्रमुख क्रिस्टोफर मिलरलाई ल्याइएको छ ।

पछिल्ला केही हप्तायता ट्रम्प र एस्परबिच सार्वजनिक रुपमै विवाद देखिएको थियो । खासगरी रकंगभेद विरोधी प्रदर्शनमा सुरक्षाकर्मीको तैनाथी र प्रयोगका विषयमा ट्रम्पसँग एस्परको विवाद थियो ।

प्रदर्शन दबाउन सैनिक बल प्रयोग गर्ने ट्रम्पको चाहनामा एस्पर अबरोधक बनेको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका थिए । नोभेम्बर ३ मा भएको चुनावमा पराजित ट्रम्पको दोस्रो कार्यकाल ह्वाइट हाउसमा रहने योजना चकनाचूर भएपछि अरु थुप्रै अधिकारीहरुलाई बर्खास्त गर्ने तयारी गरेका छन ।

अमेरिकी निर्वाचन प्रणाली अनुसार निर्वाचित राष्ट्रपतिले जनवरी २० मा मात्र राष्ट्रपतिको शपथ लिने भएकाले त्यसअघि वहालवाला राष्ट्रपति निर्णय लिन स्वतन्त्र मानिन्छन् । तर दीर्घकालीन असर पर्ने निर्णयहरु लिने अधिकार भने उनले गुमाइसकेका हुन्छन् ।