माउण्टेन इनर्जीको आईपीओ बिक्री खुल्ला, कति भर्ने आवेदन ?
काठमाडौं – माउण्टेन इनर्जी नेपाल लिमिटेडले सर्वसाधारणका लागि आजदेखि प्राथमिक शेयर निष्काशन आईपीओ खुल्ला गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरमा १९ लाख ६८ हजार २७ कित्ता शेयर निष्काशन गर्न लागेको हो।
यसमध्ये २ प्रतिशत अर्थात ३९ हजार ३६१ कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ९८ हजार ४०१ कित्ता सामूहिक लगानी कोषहरुका लागि बाँडफाँट गरिएको छ। सर्वसाधारण लगानीकर्ताले बाँकी १८ लाख ३० हजार २६५ कित्ता साधारण शेयरका लागि आवेदन दिन सक्नेछन्।
यस अघि कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित नुवाकोट र म्याग्दी जिल्लाका स्थानीयको लागि एक सय रुपैयाँ अंकित दरमा १९ करोड ६८ लाख २ हजार ७ सय रुपैयाँ बराबरको १९ लाख ६८ हजार २७ कित्ता आईपीओ बिक्री गरेको थियो।
कम्पनीको आइपीओमा सर्वसाधारणले छिटोमा कात्तिक २६ गतेदेखि मंसिर २ गतेसम्म आवेदन गर्न सक्नेछन् भने सो अवधिमा सबै शेयर बिक्री नभए ढिलोमा मंसिर १० गतेसम्म आवेदन गर्न पाइने व्यवस्था छ।
आइपीओमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग र सीबीआईएल क्यापिटललाई शेयर निष्काशन तथा बिक्री प्रबन्धक रहेका छन्।
कम्पनीको आईपीओलाई केयर रेटिङ्ग नेपालले केयर एनपी ग्रेड ४ प्लस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय अवस्था औषत भन्दा कमजोर रहेको जनाउछ।
हाइड्रोको सेयर भएकाले लगानीकर्ताले यो कम्पनीमा लगानी गर्ने आनाकानी गर्ने विश्लेषण गरिएको छ । तर आईपीओ भएकाले आवेदन दिदा लगानीकर्तालाई घाटा भने हुँदैन । यो कम्पनीमा १० देखि ५० कित्तासम्म आवेदन भर्दा ठिकै हुने सेयर बजारका जानकारहरुको भनाई ।