डर कसरी भगाउने ? डर भगाउन पढ्नुहोस् ११ प्रेरक भनाइ
काठमाडौं – एउटा नेपाली उखान छ, ‘बोल्नेको पिठो बिक्छ नबोल्नेको चामल पनि बिक्दैन ।’ धेरै मानिसहरु बोल्न डराउँछन । आफूमा भएको डरलाई दुर गर्न नसक्दा दुई जना मानिस जम्मा भएको ठाउँमा गएर आफ्ना कुरा निर्धक्क राख्न सक्दैनन् ।
त्यही भएर धेरैले आफ्नो जीवन औसतमै जिइरहेका हुन्छ । आज हामी आफूभित्र रहेको त्यही डरलाई हटाएर आफ्नो व्यक्तित्वलाई कसरी औसत भन्दा माथि पुर्याउन सकिन्छ भन्ने हेतुले केही विश्व प्रख्र्यात व्यक्तित्वहरुका चर्चित भनाइहरु राख्दैछौं ।
१) हारबाट नडराउनुहोस्, हार होइन कम प्रयास वा प्रयास नगर्नु अपराध हो । महान प्रयासहरुमा हार्नु पनि गर्बिलो हुन्छ । – ब्रुस ली
२) संसारमा हामी डराउनुपर्ने एउटै चिज नै डर हो । –फ्रयान्क्लिन रोज्बेल्ट
३) डर र चिन्ताअरु केही होइन, हाम्रो दिमागको एक अबस्था हो । – नेपोलियन हिल
४) डराउनु एउटा चिज हो, डरलाई आफ्नो बसमा पारेर तपाईलाई घुमाउन दिनु अर्को हो । – क्याथरिन पेटर्सन
५) हामीभित्रका धेरै डरहरु टिस्यु पेपर जस्तै पातला हुन्छन् र मात्र एउटा साहसिक पाइला तिनीहरुबाट हामीलाई पार लगाउनका लागि पर्याप्त हुन्छ। – ब्रेन्डन फ्रान्सिस
६) राम्रोसँग र साबधानिपुर्बक गरिएका कामहरुले आफैलाई डर मुक्त गर्छन । – विलियम सेक्स्पीयर
७) डरले हामीलाई बिगतमा केन्द्रीत वा भबिस्यप्रती चिन्तित बनाउछ। यदि हामीले यो डरलाई सहि प्रयोग गर्न सक्यौ भने हामी ठिक ठाउँमा छौं भन्ने महसुस गर्न सक्छौ । –थिच न्ह्याट हान
८) एउटा मानिसले आफ्नो जीवनमा गर्ने सबैभन्दा ठूलो आविष्कार, जस्ले उ आफैंलाई अचम्मित पार्छ । त्यो के हो भने उसले त्यो काम गर्न सक्छ, जुन लामो समयदेखि सक्दिन भनेर उसले चिन्ता लिन्थ्यो। – हेनरि फोर्ड
९) जीवनमा केही कुराको बारेमा पनि चिन्ता लिनु भन्दा त्यसलाई बुझ्नुपर्छ । यो समय राम्रोसँग बुझ्ने समय हो ताकी हामी कम डरमा बाँचौ। –म्यारी क्युरी
१०) प्रत्येक दिन त्यो एउटा काम गर्नुस् जस्ले तपाईंलाई डराउँछ। –एलिनोर रोज्बेल्ट
११) त्यो गुफा जस्मा तपाईं पस्न डराउनुहुन्छ, मै तपाईले खोजेको खजना भेटिन्छ । – जोसेफ क्याम्पबेल