बढ्यो सुनको मूल्य

बुधबार, २६ कार्तिक २०७७

काठमाडौं – नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचांदी व्यवसायी महासंघका अनुसार बुधवार सुन तोलामा १ सय रुपैयाले बढेको छ ।

बधबार छापावाला सुन प्रतितोला ९४ हजार ९ सय रुपैंया र तेजावी सुन प्रतितोला ९४ हजार ४ सय रुपैंयामा कारोबार भइरहेको छ ।

अघिल्लो दिन छापावाला सुन प्रतितोला ९४ हजार ८ सय रुपैंया र तेजावी सुन प्रतितोला ९४ हजार ३ सय रुपैंयामा खरिद विकी्र भएको थियो ।

त्यस्तै बुधवार चांदी ५ रुपैयाले बढेर प्रतितोला १ हजार २ सय २० रुपैंयामा कारोबार भइरहेको छ । अघिल्लो दिन चांदी प्रतितोला १ हजार २ सय १५ रुपैंयामा खरिद विकी्र भएको थियो ।