नेकपा नेता कन्चन रिहा

शुक्रबार, २१ फाल्गुन २०७७

काठमाडौँ – विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’ रिहा भएका छन् । जिल्ला प्रशासन कार्यालय काभ्रेको हिरासतमा रहेको कन्चनलाई प्रहरीले आज बिहान रिहा गरेको हो ।

गृह मन्त्रालयको निर्देशनमा प्रमुख जिल्ला अधिकारीले उनलाई रिहा गरेका हुन । काठमाडौँ आउँदै गरेका उनलाई गोदावरीबाट पक्राउ गरी महानगरीय प्रहरी परिसर ललितपुरको हिरासतमा राखिएको थियो । बन्दी प्रत्यक्षीकरणको मुद्रामा सुनाई गर्दै प्रहरीले गैरा कानुनी थुनामा राखेको भनेर अदालतले उनलाई रिहा गरेको थियो ।

सर्वोच्च अदालतको आदेशमा रिहा भएका उनलाई प्रहरीले आदालतको गेटबाटै फेरी पक्राउ गरी काठमाडौँ लगेको थियो । उक्त मुद्रामा पनि सुनुवाइ गर्दै अदालतले पुन रिहा गर्न आदेश दिएपछि काभ्रे लगिएको थियो ।

सरकार र नेकपाबिच तीन बुँदे सहमति भएपछि उनलाई रिहा गरिएको हो ।