प्रधानमन्त्री ओली र नेपालबीच भेटवार्ता सुरु

सोमबार, २ चैत्र २०७७

काठमाण्डौ – नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र झलनाथ(माधव समूहका नेताबीच भेटवार्ता सुरु भएको छ ।

छलफलमा अध्यक्ष ओलीसहित महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल र प्रवक्ता प्रदीपकुमार ज्ञवाली सहभागी हुनुहुन्छ । यस्तै नेपाल पक्षका तर्फबाट नेपालसहित झलनाथ खनाल सहभागी हुनुभएको छ ।

सर्वोच्च अदालतले एमाले ब्युँताएपछि दुई पक्षबीच पहिलोपटक छलफल हुन लागेको हो ।