बैठक सकिएपछि संसद भवन छिरे प्रधानमन्त्री ओली
काठमाडौँ – प्रतिनिधिसभाको मंगलबारको बैठक शोक प्रस्ताव पारित गर्दै सकिएको छ।
संविधानसभा सदस्य दिनेशचन्द्र यादवको निधनमा शोक प्रस्ताव पारित गर्दै बैठक सकिएको हो।
अब अर्को बैठक चैत ६ गते दिउँसो एक बस्ने भएको छ।
आजको बैठक सकिएपछि प्रधानमन्त्री केपी शर्मा ओली पुगेका थिए।
यसअघिका दुई बैठक सुरु हुनु अगावै पुगेर फर्कने गरेका प्रधानमन्त्री ओली आज भने बैठक सकिएपछि पुगेर फर्केका हुन्।