एमाले संसदीय बोर्ड र विधान संशोधन कार्यदलमा को-को छन् ?

बिहिबार, ५ चैत्र २०७७

काठमाडौं – नेकपा एमाले संसदीय दलको बैठक नेताहरु माधबकुमार नेपाल र झलनाथ खनाल सहित २७ सदस्य रहेको संसदीय बोर्ड गठन गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निबास बालुवाटारमा बसेको बैठक बोर्डका अध्यक्षमा प्रधानमन्त्री केपी ओली सहित नेता नेपाल खनाल सहित लगायतका सासदहरु लाई समेटिएको छ ।

बोर्डका सदस्यहरुमा उपनेता सुवास नेम्वाङ, प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी, रघुवीर महासेठ, शेरबहादुर तामाङ, भुपेन्द्र थापा, खेम लोहनी, सरिता दाहाल, विमला विक,सुमन प्याकुरेल, विमला राई पौडेल, बिन्दा पाण्डे, राधा ज्ञवाली, दामोदर भण्डारी, विद्या भट्टराई, रेखा झा, नारदमुनी राना, मोहन वानिया र राजेन्द्र राई रहेका छन् ।

आजको बैठकमा प्रतिनिधिशभाका ९४ र राष्ट्रिय शभाका २४ जना सांसद उपस्थित रहेको सांसद सूर्य पाठकले जानकारी दिए । उनका अनुसार अब सनिबार बस्ने बैठकमा लगभग सबै सासदहरु उपस्थित हुने छन् ।

आजको बैठकमा सांसदहरु नेपाल–खनाल पक्षमा रहेका सासंदहर जान खोजेपनि शिर्ष नेताहरुले अर्को बैठकमा जाउला भन्दै रोकेको र शनिबारको बैठकमा उपस्थित हुने हेरिटेट गार्डेनमा रहेका एक सांसदले जानकारी दिनुभयो ।