नेपाली पोशाकलाई प्रोत्साहन गर्न व्यवसायीको माग

शुक्रबार, ६ चैत्र २०७७

काठमाडौँं – नेपालका कपडा तथा सिलाई व्यवसायीहरुले नेपाली पोशाकलाई प्रोत्साहन गर्न सरकारसँग माग गरेका छन् । नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघको दोश्रो बार्षिकोत्सव तथा नेपाल कपडा तथा सिलाई व्यवसायी संघ काठमाडौँको १९ औं साधरण सभाको अवसरमा व्यवसायीहरुले सरकारसँग यस्तो माग गरेका हुन् ।

नेपाल सरकारका उद्योग, बाणिज्य तथा आपुर्ती मन्त्री लेखराज भट्टलाई नेपालमा उत्पादित कपडाको कोट लगाइदिएर व्यवसायीहरुले नेपाली उत्पादनको प्रोत्साहन गर्न जोड दिएका हुन । महासँघका अध्यक्ष राम कृष्ण श्रेष्ठले मन्त्री भट्टलाई कोट लगाइदिएका थिए ।

उक्त कार्यक्रममा विभिन्न क्षेत्रका व्यवसायीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा मन्त्रीलाई कोट लगाएर नेपाली उत्पादनलाई बढावा दिन सन्देश दिइएको नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघका केन्द्रीय सदस्य तथा बागमति प्रदेश सचिव राज कार्कीले बताए ।

उक्त साधारण सभाले चन्द्र रनपहेलीको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति समेत चयन गरेको थियो ।