कांग्रेस महासमिति बैठकमा पार्टीले खान खुवाउने, बस्ने व्यवस्था आफैँ मिलाउनुपर्ने
कार्तिक ११, काठमाडौं – मङ्सिरको पहिलो साता बस्ने कांग्रेस महासमिति बैठकमा पार्टीले खान खुवाउने भएको छ। तर वास बस्ने ब्यबस्था महासमिति सदस्यहरु आफैले गर्नुपर्ने भएको छ।
पार्टीका पदाधिकारीहरुसहित काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला सभापतिहरुको बैठकले महासमिति बैठक स्थल काठमाडौंको भृकुटीमण्डपमा गर्ने तय गरेको छ। बैठकमा सहभागी हुने महासमिति सदस्यसहितका प्रतिनिधिलाई बैठक अवधिभर पार्टीले खाना खुवाउने छ।
कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले महासमिति बैठकमा सहभागीलाई पार्टीले खानामात्र खुवाउने जानकारी दिए।
नेपाली कांग्रेसको महासमिति बैठक मंसिर ५ देखि ९ सम्म काठमाडौंको भृकुटीमण्डपमा हुने भएको छ ।
भृकुटीमण्डपमा कार्यक्रम स्थल आफै बनाएर एक दिनको ६० हजार भाडा तिर्नुपर्ने केन्द्रिय कार्यालयका मुख्य सचिब कृष्ण पौडेलले बताए।