भोलि बंगलादेश जाँदै राष्ट्रपति भण्डारी

आइतबार, ८ चैत्र २०७७

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी भोलि बंगलादेशको दुई दिने भ्रमणका लागि प्रस्थान गर्दैछिन्। नेपाली ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को न्यारो बडी ए ३२० जहाजमार्फत बिहान ७ः३० बजे उनी बङ्गलादेश जान लागेकी हुन्।

राष्ट्रपति भण्डारीसँगै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, राष्ट्रपति कार्यालय, परराष्ट्र मन्त्रालय र अन्य मन्त्रालयका अधिकारीहरु समेत ढाका जानेछन्।

भ्रमणका क्रममा भण्डारी बंगलादेशका राष्ट्रपिता शेख मुजबिर रहमानको जन्मशताब्दीमा सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।