सातै प्रदेशमा पुग्यो माछापुच्छ्रे बैंकको क्यु.आर कोड
काठमाडौँ – माछापुच्छ्रे बैंकको क्यु.आर कोड ७ ओटै प्रदेशमा पुगेको छ । नेपाल राष्ट्र बैंकले लिएको नगदरहित कारोबार नीतिलाई कार्यान्यवन गर्ने क्रममा बैंकले सात ओटै प्रदेशमा क्युआर कोड विस्तार गरेको हो ।
आमनागरिक माझ डिजिटल बैंकिङ्ग सेवाको पहुँचबिस्तार गर्ने लक्ष्य सहित आक्रामक रुपमा लागिरहेको बैंकले चैत्र ८ गते आइतवार नेपाल राष्ट्र बैंक, नेपालगञ्जका निर्देशक गोविन्द प्रसाद नागिलाले कर्णाली प्रदेशको सुर्खेत स्थित कृषिबजार सुर्खेत, पुरानो तरकारी बजार हटियालाईन, अल्का यातायात, नमुना हङकङ बजार हटियालाईन गरि ४ स्थानमा क्यु.आर.कोड सेवाको सुरुवात गरेसँग ७ ओटै प्रदेशमा पुगेको हो ।
आफूले प्रयोग गरेको बस्तु तथा सेवाको आफ्नै बैंक खातामार्फत डिजिटल भुक्तानी गर्दा ग्राहकको साथै व्यापारीलाई समेत खुद्रा पैसाको झन्झट नहुने, बचत गर्ने बानिको विकास हुने, व्यापारीलाई हरेक दिन आफुले गरेको व्यापारबाट आएको पैसा जम्मागर्न बैंकसम्म जानुन पर्ने लगायतका थुपै सुविधाहरुको कारणले गर्दा क्यु. आर. कोड सेवाको पछिल्लो समय सवै वर्ग र क्षेत्रमा आर्कषण बढ्दै गएको छ । यहि कुरालाई मध्यनजर गर्दै माछापुच्छ्रे बैंकले पछिल्लो समय देशका धेरैजसो स्थानहरुमा आक्रमक रुपमा यो सेवा प्रदान गर्दै आइरहेको छ ।
बैंकले देशका विभिन्न स्थानहरुमा रहेका तरकारी बजार, हाटबजार, होमस्टे, मन्दिर, रेष्टुरेन्ट, कस्मेटिक पसलहरु, यातायात सेवाहरु लगायतका विभिन्न व्यसायीहरुलाई प्रदान गरेको क्यु.आर कोड सेवाले आम ग्राहकलाई डिजिटल कारोबार गर्न प्रोत्साहन गरिरहेको छ । डिजिटल बैंकिङ्ग सेवाको पहुचँ नपुगेका अन्य धेरै स्थान र क्षेत्रमापनि माछापुच्छ्रे बैंकले आक्रामक रुपमा सेवाविस्तार गरिरहेको छ र आगामी दिनमा पनि यो क्रमलाई निरन्तरतादिदै जानेछ ।