कोरोनाले भारतमा पाँच महिनापछि तोड्यो रेकर्ड, नेपालमा बज्दै छ खतराको घण्टी
नयाँ दिल्ली– भारतमा कोरोना भाइरसको संक्रमण पुनः एकपटक अनियन्त्रित भएको छ । पछिल्लो २४ घण्टामा भारतमा ५३ हजार भन्दा बढि संक्रमित भेटिएका छन् ।
करीब पाँच महिनापछि भारतमा ५० हजार भन्दा बढि कोरोना संक्रमित भेटिएको हो, जसले भारतमा निकै त्रास बढाएको छ ।
नेपालका २६ जिल्लाले भारतीय सिमाक्षेत्र छोएको छ। भारतसँग नेपालको १ हजार ८ सय ८० किलोमिटर खुला सिमा रहेको छ। ४ सय ६४ किलोमिटर प्रदेश २ मा मात्रै पर्दछ। प्रदेश १, प्रदेश पाँच, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेश पनि भारतीय सीमासँग जोडिन्छ।
भारतमा दैनिक रुपमा संक्रमित बढ्दै गएपछि त्यसको प्रत्यक्ष असर नेपालमा पर्ने देखिएको छ। विगतमा पनि भारतबाट आउने नेपालीमा धेरै मात्रामा संक्रमण पुष्टि भएको थियो। भारतमा संक्रमण बढेसँगै त्यहाँ कडा प्रतिबन्ध लगाउन सुरु गरिएको छ।