भागरथीको भजाइनल स्वाबको डिएनए अभियुक्तसँग म्याच

बिहिबार, १२ चैत्र २०७७

बैतडी – बैतडीकी १७ वर्षीया भागरथी भट्ट बलात्कार र हत्या प्रकरणमा अनुसन्धानको महत्वपूर्ण पक्ष मानिएको भजाइनल स्वाबको डिएनए परीक्षणको रिपोर्ट आएको छ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दीपायलका प्रवक्ता मुकेशकुमार सिंहले बिहीबार राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा परीक्षणका लागि पठाइएको भजाइनल स्वाबको डिएनए रिपोर्ट प्राप्त भएको जानकारी दिए।

उनका अनुसार घटनाका अभियुक्त १६ वर्षीय किशोरको डिएनएसँग म्याच भएको छ।

‘बिहीबार डिएनए रिपोर्ट आएको छ, रिपोर्ट अभियुक्तको डिएनएसँग म्याच खाएको छ,’ उनले भने।

बीचमा अभियुक्तका आफन्तले घटनालाई अन्तै मोड्न उनले बयान फेरेको बताए पनि यो प्रमाणले पनि उनैलाई दोषी देखाएको प्रहरीको भनाइ छ।