यस्ता छन् उखुका चमत्कारिक फाइदाहरू
काठमाडौँ – उखुलाई चिनीको प्राकृतिक स्रोतको रूपमा चिनिन्छ । उखुमा कार्बोहाइड्रेट, ग्लुकोज र क्यालोरी पाइन्छ । जसले गर्दा हाम्रो शरीरलाई धेरै फाइदा पु¥याउँछ । उखुको सेवनले उर्जा दिने, स्फूर्ति बढाउने, पाचन प्रणालीमा सुधार ल्याउने, शरीरमा रोग प्रतिरोधी क्षमताको विकास गर्ने तथा रगतमा ग्लुकोजको मात्रा कायम राख्नेजस्ता काम गर्छ । उखुका अन्य फाइदा यस प्रकार रहेका छन्
हाइड्रेट गर्न – जो मानिसहरू कम पानी पिउने गर्छन उनीहरुको शरीरलाई पानीको मात्रा अपुग भएर डिहाइड्रेट हुन्छ । यस अवस्थामा, इलेक्ट्रोलाइट्सले भरिएको उखुको रसले शरीरमा पानीको मात्रा आपूर्ति गर्न मद्दत गर्छ ।
कलेजोलाई सुदृढ बनाउन – आयुर्वेदका अनुसार उखुको रस पिउँदा कलेजो बलियो हुन्छ । त्यसैले जन्डिस भएको मानिसलाई उपचारको रूपमा उखुको रस सेवन गर्न सुझाव दिइन्छ ।
दाँत र डड्डीलाई स्वास्थ्य राख्न – उखुको रसमा फस्फोरस र क्याल्सियमको अधिक मात्रा हुन्छ र यसले दाँत र हड्डीलाई क्षति हुनबाट बचाएर बलियो बनाउँछ ।
स्वास्थ्य छालाका लागि – उखुमा अल्फा हाइड्रोक्सी एसिड एएचएए हुन्छ, जुन प्राय छाला हेरचाह उपचारमा प्रयोग गरिन्छ । एएचएएसले डन्डिफोरसँग लड्न, बुढ्यौलीलाई रोक्न र अनुहारमा भएको दागबाट छुटकारा पाउन मद्दत गर्छ ।
तौल घटाउन – उखुको प्राकृतिक रसमा फाइबरको मात्रा उच्च हुन्छ, जुन तौल घटाउनका लागि सहयोगी सावित भएको छ । यसबाहेक, उखुको रसमा रहेको प्राकृतिक स्वीटनरहरूको पनि कम ग्लाइसेमिक इन्डेक्स ९जीआई० हुन्छ जसले रगतमा ग्लुकोजको मात्रा कायम राख्न मद्दत गर्छ ।
प्राकृतिक मूत्रवर्दक – अध्ययनले देखाएअनुसार उखुको रस एक प्राकृतिक मूत्रवर्दक हो । यसले मृगौलाको पत्थरीको जोखिम हटाउँछ र मूत्रपथमा सङ्क्रमण हुन दिँदैन ।