गोंगबु गेस्ट हाउसमा एक जना मृत फेला, मृतकसँगै होटल बसेका दुई जना पक्राउ
काठमाडौं – काठमााडौंको गोंगबुस्थित एक गेष्ट हाउसमा पुरुषको शव फेला परेको छ । शनिबार राति मित्रनगरमा एक गेष्ट हाउसमा स्याङ्जा पुरानो घर भएका हाल नवलपरासी बस्दै आएका नारायण घर्ती मगरको शव भेटिएको प्रहरीले जनाएको छ ।
घर्तीको शवलाई पोस्टमार्टमको लागि टिचिङ अस्पतालमा राखिएको छ । उनको नागरिकताको आधारमा पहिचान खुलेको प्रहरीले जनाएको छ ।
घटनाको अनुसन्धानको लागि घर्तीसँगै होटलमा बसेका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीले धब्बुराम बस्नेत र राजकुमार कवर योगीलाई पक्राउ गरेको हो।
धब्बुराम काठमाडौंको आरुबारीबाट पक्राउ परेका हुन् भने राजकुमारलाई सुनवलबाट काठमाडौं ल्याइरहेको प्रहरीले जनाएको छ।