स्थायी कमिटी बैठक सकेलगत्तै राष्ट्रपति भेट्न पुगे ओली

बिहिबार, २३ बैशाख २०७८

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटारको स्थायी कमिटी बैठक सकेलगत्तै शीतल निवास पुगेका छन्।

उनी बिहिबार बिहान १० बजेपछि बसेको आफू पक्षीय स्थायी कमिटी बैठक सकेर राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका हुन्।

आगामी वैशाख २७ गते विश्वासको मत लिने तयारीमा रहेका ओलीले बुधबार नेपाली कांग्रेसका शीर्ष नेताहरुसँग बुढानीलकण्ठमा वार्ता गरेका थिए।

राष्ट्रपतिसँगको आकस्मिक भेटलाई अर्थपूर्ण रुपमा लिएको छ ।