प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिँदै (लाइभ)
काठमाडौं – संसदको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिदैछन् । सो प्रयोजनका लागि संसदमा मतदानको प्रक्रिया सुरु हुँदै छ ।
संसदको पहिलो बैठकको सुरुमा सभामुख अग्नि सापकोटाले राष्ट्रपति कार्यालयबाट विशेष अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाएका छन् । सभामुखले सो पत्र पढेर सुनाएपछि आफ्नो अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सांसदहरूको नामावली वाचन गरेका छन् ।
त्यसपछि १५ मिनेटका लागि स्थगित गरिएको संसद बैठक फेरि सुरु भएको छ ।