सांसदलाई डोलेश्वरमा थुनेर महन्थ र राजेन्द्र भारतीय दुतावासमा
काठमाडौँ – सरकार गठनका लागि दलहरुबीच दौडधुप जारी छ । राष्ट्रपतिले बहुमतको सरकार गठन गर्नका लागि दिएको समय सकिन केही घण्टा बाँकी रहदा संवाद झन कसिलो बनेको छ ।
आजराती ९ बजेसम्मको समयसीमा भन्दा केही घण्टा अघिनै बहुमतको सरकारका लागि दावि गरी सक्ने नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सहमती भएको छ । उनीहरुबीच जसको नाममा सहमती हुन्छ उसैलाई प्रधानमन्त्रीमा प्रस्ताव गर्ने पनि सहमती भएको छ ।
शेरबहादुर देउवाले आफू प्रधानमन्त्रीको दौढबाट पछि हटेको बताएपछि प्रचण्डले महन्त ठाकुरलाई प्रधानमन्त्री बनाउन प्रस्ताव गरेको बुझिएको छ । आज विहानै भएको देउवा–ठाकुरको भेटमा ठाकुरले आफू प्रधानमन्त्री बन्दा मात्र सहमती दिने बताएपछि देउवा पछि हटेको बुझिएको छ ।
प्रचण्ड र देउवा बुढानिलकण्ठमा भेट गरिरहेका बेलामा जसपाका शिर्ष नेताहरु भारतीय दुतावास छिरेका छन् । जसपाका अध्यक्ष ठाकुर र राजेन्द्र महत्तो लैनचौर स्थीत भारतीय दुतावास छिरेका हुन् ।
जसपाका महन्थ ठाकुर निकट सांसदहरुलाई भने भक्तपुरस्थीत डोलेश्वर भिलेज पार्कमा राखिएको छ । उनीहरु पनि जसपाको नेतृत्वमा सरकार बनाउने विषयमा छलफल गरिरहेको बुझिएको छ ।