कति छ आज सुनको मूल्य ?

मंगलबार, १ असार २०७८

काठमाडौं– नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन गत सोमबारकै मूल्य कायम हुँदै प्रतितोला ९३ हजार २०० नै कायम भएको हो ।

यस्तै, आज तेजाबी सुनको मूल्य पनि ९२ हजार ७०० रुपैयाँ नै कायम भएको छ ।

त्यस्तै चाँदीको मूल्य भनेसामान्य घट्न पुगेको छ । महासंघका अनुसार मंगलबार चाँदी प्रतितोला १० रुपैयाँले घटेर एक हजार ३५५ रुपैयाँमा झरेको हो ।

सोमबार बजारमा चाँदी प्रतितोला एक हजार ३६५ रुपैयाँमा कारोबार भएको थियो ।