एमबिबिएस अध्ययनका लागि ७६ कलेज छनोट, कर्णालीमा २० सिट, कुन कलेजलाई कति ?

मंगलबार, १ असार २०७८

काठमाडौं – चिकित्सा शिक्षा आयोगले आगामी शैक्षिक शत्रका र्एमविविएस अध्ययन गर्न ७६ कलेज छनोट गरेको छ । ७६ कलेजमा फरक फरक सिट निर्धारण गरेको छ।

आयोगले एमबिबिएस, बिडिएस, बीएससी नर्सिङ लगायतका चिकित्सा शिक्षाको स्नातक तहका शैक्षिक कार्यक्रमका लागि ७६ वटा शिक्षण संस्थामा सिट निर्धारण गरेको हो।

आयोगको कार्यकारी समितिले शैक्षिक शत्र २०७७/७८ का लागि मेडिकल शिक्षाको स्नातक तहको सिट निर्धारण गरेको हो। आयोगले पहिलो पटक एमबिबिएस अध्ययन सुरु हुन थालेको जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि २० सिट निर्धारण गरेको छ ।

आयोगले निर्धारण गरेको सिटमा एमबिबिएस तर्फ देशभर १ हजार ८३५, बिएस्सी नर्सिङमा १ हजार १००, बिएसएमएलटीमा ४२५, बिएस्सी एमआइटीमा ७१, बिएस्सी मेडिकल माइक्रोबायोलोजीमा २०, बिएस्सी बायोमेट्रिमा २०, बिपिटीमा १५० सिट तोकिएको छ।

कुन कलेजलाई कति सिट ?