यी हुन् अचाख्ली चलखेल पछि बढेका ५१ कम्पनी (सूचीसहित)

मंगलबार, १ असार २०७८

काठमाडौँ – सेयर बजार अचाख्ली बढेपछि नेपाल धितोपत्र बोर्डले तातेको छ । ठूलो लागानीकर्ताहरुले सेयर मूल्यमा चलखेल गरेको भन्दै बोर्डले चलखेल भएको कम्पनीको नामावली सार्वजनिक गरेको छ ।

बोर्डले गरेको अध्ययनमा ५१ वटा कम्पनीको सेयर मूल्यमा चलखेल भएको भेटिएको जनाएको छ । सेयर मूल्य बढाएको पाइएपछि बोर्डले त्यस्ता कम्पनीमा लगानी गर्दा होसियार हुनसमेत सचेत गराएको छ ।