मेलम्ची बाढी अपडेटः उद्धारका लागि २५० जना सुरक्षाकर्मीको टोरी परिचालन

बुधबार, २ असार २०७८

काठमाडौँ – सिन्धुपाल्चोकको मेलम्चीका आएको बाढीले ५० जना भन्दा बढी बेपत्ता भएका छन् । उनीहरुको उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर सिन्धुपाल्चोकको मेलम्चीमा पुगेको छ ।

बाढीले बितन्डा मच्चाएको क्षेत्रमा उद्धारका लागि हेलिकोप्टर पुगेको हो । उद्धारका लागि राति भएकाले गृह मन्त्रालयले हेलिकोप्टर पठाउन सकेको थिएन । बिहानै सेनाको तालिमप्राप्त टोलीसहित हेलिकोप्टर त्यसतर्फ पुगेको हो ।

चौतारा र काभ्रेको धुलिखेलबाट २५० जनाको नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी टोली मेलम्ची पुगेको छ । निरन्तर वर्षापछि आएको बाढीले हेलम्बु गाउँपालिकाभर ७ जनाले ज्यान गुमाइसकेका छन् ।