वर्षा र बाढीबारे थाहा पाउन ११५५ र उद्धारका लागि ११४९ मा फोन गर्नोस्
काठमाडौं – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले वर्षा र बाढीबारे जानकारी लिन सम्पर्क नम्बर उपलब्ध गराएको छ । उद्धारका लागि मद्दत माग्न पनि नम्बर उपलब्ध गराइएको छ ।
गृह मन्त्रालयअन्तर्गतको प्राधिकरणका अनुसार देशका विभिन्न क्षेत्रको वर्षा र बाढीबारे थाहा पाउन ११५५ नम्बरमा सम्पर्क गर्न सकिनेछ ।
यस्तै, विपद्मामा परेकाले उद्धारका लागि मद्दत माग्न ११४९ नम्बरमा सम्पर्क गर्न सकिने प्राधिकरणले जनाएको छ ।