नेपाल समूहले बोलायो स्थायी कमिटी बैठक, यस्ता छन् एजेण्डा

बिहिबार, ३ असार २०७८

काठमाडौं – नेकपा एमालेका नेता माधवकुमार नेपालले स्थायी कमिटी बैठक बोलाएका छन् । उनले आफू निकट स्थायी कमिटी सदस्यहरुको भर्चुअल बैठक बोलाएका हुन् ।

बैठक केहीबेरमा सुरु हुँदैछ । वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यलाभको कामना, देशभर भइरहेको बाढी पहिरोको प्रकोप समसामयिक राजनीतिक घट्नाक्रम लगायतबारे छलफल गर्न बैठक बोलाइएको जनाइएको छ ।