श्रीमानले बञ्चरो प्रहार गरी श्रीमतीको हत्या
दाङ– दाङको घोराहीमा श्रीमानको बञ्चरो प्रहारबाट श्रीमतीको मृत्यु भएको छ।
घोराही उपमहानगरपालिका वडा नं। ३ बेलुवा निवासी ५७ वर्षीय मुकुन्दलाल चौधरीको बञ्चरो प्रहारबाट घाइते ४६ वर्षीया स्याना कुमारी चौधरीको बिहीबार उपचारका क्रममा मृत्यु भएको हो।
बुधबार बेलुका पौने ६ बजेतिर बञ्चरोले टाउकोमा प्रहार गरी गम्भीर घाइते तुल्याएका थिए।
घाइते स्याना कुमारीको उपचारका क्रममा मेडिकल कलेज कोहलपुरमा बिहीबार दिउँसो १स्४० बजे मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले बताए।
सामान्य घरायसी विवादका कारण श्रीमानले श्रीमतीलाई बञ्चरो प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको डिएसपी रिजालले जानकारी दिए।
आरोपित मुकुन्दलाललाई प्रहरीले नियन्त्रणमा लिएको छ।