थप दुई हजार ४०१ जनामा कोरोना संक्रमण पुष्टि, मृत्यु हुनेको संख्या कति ?

शनिबार, ५ असार २०७८

काठमाडौं – पछिल्लो २४ घण्टामा थप दुई हजार ४०१ जनामा कोरोना संक्रमण पुष्टि छ ।  ११ हजार ६९६ स्वाब नमुनाको परीक्षण गरिएकोमा दुई हजार ४०१ जनाको नतिजा पोजिटिभ आएको हो । सात हजार १० नमुनाको पीसीआर परीक्षण गर्दा एक हजार ६८८ र चार हजार ६८६ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ७१३ जनामा संक्रमण देखिएको हो ।
पछिल्लो २४ घण्टामा कोरोनाका कारण ३४ जनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या आठ हजार ६७५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभर तीन हजार ६६० जना निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या पाँच लाख ५३ हजार ३४२ पुगेको छ ।