खाली पेटमा चिया पिउने गल्ती नगरौं, यस्तो हुन सक्छ

आइतबार, ६ असार २०७८

काठमाडौं– बिहानै प्राय सबैले प्रयोग गर्ने ड्रिङ्‍क हो चिया। केही मानिसको दिनाचर्या नै चियाको चुस्किबाट सुरु हुन्छ। स्वास्थ्य विज्ञहरू यस्तो गर्नु गलत हुने बताउँछन्।

बिहानै चिया पिउँदा यसले स्वास्थ्यमा थुप्रै नकरात्मक प्रभाव पार्छ। यसले एसिडिटीको समस्या पैदा गर्छ। चियाको सेवनले पेट सम्बन्धि थुप्रै समस्या हुनसक्छन्।

विशेषज्ञका अनुसार बिहान उठ्ने वित्तिकै चिया वा कफी पिउँदा मुखका ब्याक्टेरिया शरीर भित्र पस्छन्। जसले स्वास्थ्यमा नकरात्मक असर गर्छन्। चियामा कब्जियत पैदा गर्ने रसायन हुन्छ। यस रसायनलाई थियोफिलाइन भनिन्छ। चियामा निकोटीन पनि पाइन्छ। जसले यसको दल बनाउँछ।

बिहान नास्ता गर्नुभन्दा एक घन्टा पछि मात्रै चियाको सेवन गर्नु राम्रो मानिन्छ। बेलुकी पनि केही खानेकुरा खाइसकेपछि मात्रै चिया पिउनुपर्छ। राति सुत्नु भन्दा पहिले चिया पिउनु हुँदैन। किनकी यसले पेट सम्बन्धि समस्या पैदा गर्छ।

अधिकांश मानिस दुध चिया पिउँने गर्दछन् । तर, कमैलाई मात्र थाहा छ कि खाली पेटमा दुध चिया पिउँदा चाँडै थकान महसुस हुन्छ । साथै व्यवहारमा चिडचिडापन स्वाभाव आदि आउँछ ।

कतिपय मानिसले एकैपटक धेरै चिया बनाउँछन् र त्यसलाई पटकपटक उमालेर पिउने गर्छन् । पटकपटक तपाएर चिया पिउनु स्वास्थ्यका लागि खतरनाक हुनसक्छ ।

बिहान उठ्ने वित्तिकै मेथी पानी, कागती पानी, जिरा पानी, अमलाको रस युक्त पानी पिउनुपर्छ।