कांग्रेस महाधिवशेन : सभापतिका आकांंक्षी तीन भाइको बानेश्वरमा गोप्य मिटिङ, देउवालाई आपत !
काठमाडौं – नेपाली कांग्रेसको १४ औं महाधिवेशन आगामी भदौमा हुँदैछ । महाधिवेशन नजिकिदै जाँदा कांग्रेसभित्र चहलपहल बढेको छ ।
आधा दर्जन बढी नेताहरुले पार्टी सभापतिका लागि उमेद्वारी दिने तयारी गरिरहेका छन् । ती मध्ये केहीले आफ्नो पक्षमा समर्थन जनाउन भेटघाटलाई तिब्र पारेका छन् ।
सोमबार कांग्रेसका संस्थापक नेतात्रय बीपी कोइराला, गणेशमान सिंह र महेन्द्रनारायण निधिका सुपुत्रहरू डा. शशांक कोइराला, प्रकाशमान सिंह र विमलेन्द्र निधिबीच छलफल भएको छ । निधी निवास बानेश्वरमा भएको लञ्च मिटिङमा महाधिवेशनमा कसरी अघि बढ्ने भन्ने बिषयमा छलफल भएको छ ।
सो क्रममा निधीले आफूलाई सभापतिमा सहयोग गर्न आग्रह गरेका थिए । नेताहरुले भने परिस्थिति हेरेर निर्णय लिइने बताए । शशांक कोइराला, प्रकाशमान सिंह दुबै जना सभापतिका प्रत्यासी हुन् । उनीहरुसँग समर्थन मागेर सभापति शेरबहादुर देउवालाई दह्रो झापड हानेका छन् ।
देउवाको विश्वास पात्रका रुपमा चिनिएका निधी उनीसँग लड्ने मात्र होइन समर्थन समेत जुटाउन हिडेपछि देउवा थप समस्यामा परेका छन् ।