अस्ट्रियामा एक नेपालीको शङ्कास्पद मृत्यु, छानबिनको माग गर्दै प्रशासनमा उजुरी
काठमाडौँ – अस्ट्रियामा एक नेपालीको शङ्कास्पद मृत्यु भएको छ । उदयपुर स्थायी घर भई स्लोभाकिया बस्ने ३० वर्षका विवेक के।सिको अस्ट्रियामा शङ्कास्पद मृत्यु भएको हो ।
रोजगारीको सिलसिलामा युरोपको स्लो भाकिया देश पुगेका केसी पछिल्लो चिनजानले दाइ भाउजू नाता पर्नेलाई भेट्ने अस्ट्रिया गएका थिए । सब्रत पौड्याल र क्रिष्टिना पौड्याललाई भेट्न केसी अस्ट्रिया पुगेका बेलामा उनको मृत्यु भएको हो । पौडेल दम्पतीले पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको जनाएका छन् ।
तर केसी परिवारले भने पौडी खेल्ने क्रममा मृत्यु भएको स्विकार्न तयार छैन । विवेकका बुवा मोहन खत्रीले आफ्नो छोरोको षड्यन्त्र पूर्वक हत्या भएको आरोप लगाएका छन् ।
आफ्नो छोराको हत्या भएको भन्दै मृतकका बुवा केसीले जिल्ला प्रशासन कार्यालय उदयपुरमा किटानी जाहेरीसमेत दिएका छन् । उनले आफ्नो छोराको हत्या भएको र सत्य तथ्य पत्ता लगाई दोषीलाई कारबाही गर्न मागसमेत गरेका छन् ।

