कालापानी क्षेत्रका नागरिकलाई राष्ट्रिय जनगणनामा समेट्न माग

मंगलबार, ८ असार २०७८

काठमाडौं – नयाँ पार्टी नेपालले कालापानी, लिपुलेक, लिम्पियाधुराका नागरिकलाई पनि राष्ट्रिय जनगणनामा समावेस गर्न माग गरेको छ । आज एक विज्ञप्ति जारी गर्दै हाम्रो पार्टीले नक्सामा समेटिएको नयाँ ठाउँका नागरिकलाई देश र राष्ट्रियतासँग जोड्न मागे गरेको हो ।

नयाँ पार्टी नेपालले लिपुलेक, कालापानी र लिम्पियाधुरा लगायतको भूभाग समावेश गरी नक्सा जारी गरेको भएपछि हालसम्म त्यहाँको नागरिकलाई देश र राष्ट्रियतासँग जोड्न नसकेको भन्दै तत्काल सो क्षेत्रका नागरिकलाई राष्ट्रिय जनगणना २०७८ मा सामेल गर्न र मतदाता नामावलीमा नाम समेत समावेश गरी भोट हाल्न पाउने अधिकार दिलाउन माग गरेको छ ।

साथै, अंगिकृत नागरिकता प्राप्त व्यक्तिलाई नेपालको कुनै पनि राजनीतिक गतिविधिमा संलग्न हुन नपाउने व्यवस्था मिलाउन अनुरोध गरेको छ । नयाँ पार्टीले जनप्रतिनिधि ,मन्त्री ,उप प्रधानमन्त्री ,प्रधानमन्त्री ,राष्ट्रपति हुन नपाउने गरी तत्काल संविधान संशोधन गर्न माग गरेको हो ।