मर्स्याङ्दी नदीमा फेरि बाढी, पुल र विद्यालय भवन उच्च जोखिममा
काठमाण्डौ – मर्स्याङ्दी नदीमा मङ्गलवार ९हिजो० राति फेरि बाढी आएको छ । बाढीले चामे गाउँपालिकामा रहेको पुल र लोकप्रिय माविको भवन भत्काउने खतरा बढेको छ ।
यसअघिको बाढीले पुल भत्काउने खतरा बढेपछि सशस्त्र प्रहरीले मुढाहरू काटेर बाढी पन्छाएको थियो । हिजो फेरि बाढी आएपछि पुल भत्कने खतरा बढेको तर आफूहरूले भत्कन नदिनका लागि सक्दो प्रयास गरिरहेको सशस्त्र प्रहरी बल नम्बर ३२ गुल्मका गुल्मपति होमनाथ पन्थीले बताए ।
लोकप्रिय माविमा रहेका सबै सामान पनि सुरक्षित ठाउँमा सारिएको उनले जानकारी दिए ।