राष्ट्रपति र प्रधानमन्त्रीबाट देशलाई संकटतर्फ धकेल्ने कार्य भयो: देउवा
काठमाडौं– नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको कारण संविधान संकटमा गरेको बताए । बिहीबार सम्पादकसँगको अन्तक्रिर्यामा उनले भने, दुई पटक संसद विघटन, अध्यादेशबाट मुलुक सञ्चालन गर्ने खोज्ने काम भएको छ । यसले मुलुकलाई संकटमा धकेल्न काम भएको छ ।
राष्ट्रपति र प्रधानमन्त्रीबाट भएको प्रतिनिधिसभा विघटनले लोकतन्त्र नै संकटमा परेको उनले बताए । १४९ जना सांसद हस्ताक्षर गरि सरकार गठनको गरिएको दाबी खारेजीले लोकतन्त्र संकटमा परेको उनको भनाइ छ । संविधान, लोकतन्त्रको रक्षाका लागि नागरिक समाज, बुद्धिजीवि वर्गको सहकार्य आजको आवश्यक रहेको देउवाले बताए ।
कोरोना महामारी नियन्त्रण पाँच दलको गठबन्धनले दबाब सिर्जना गर्ने पनि उनले बताए । त्यसमा लागि जनपरिचालन गरिने बताए ।