यस्तो छ पछिल्लो २४ घण्टाको कोरोना अपडेट

बिहिबार, १० असार २०७८

काठमाडौँ – पछिल्लो २४ घण्टामा देशभर १ हजार ५७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार विभिन्न जिल्लामा गरिएको ७ हजार २३५ पीसीआर परीक्षणमा १ हजार ५७७ जनामा कोरोना पुष्टि भएको हो।

यसैगरी, ४ हजार ९९७ एन्टिजेन परीक्षणमा ८९७ जनामा कोरोना संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन परीक्षणबाट कुल २ हजार ४७४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा पीसीआर परीक्षणमा कोरोना देखिनेको संख्या ६ लाख २९ हजार ४३१ पुगेको छ ।

यस्तै, २४ घण्टामा २ हजार ५१८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमण भइ निको हुनेको संख्या ५ लाख ७० हजार ९५८ पुगेको छ ।

मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी थप २४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ९१८ पुगेको छ ।