तीन दिनसम्म लगातार पानी पर्ने, कुन ठाउँमा हुन्छ धेरै वर्षा ?
काठमाडौँ – मौसम पूवानुमान महाशाखाले आगामी तीन दिनसम्म पानी पर्ने जनाएको छ । मनसुनी वायुको प्रभावले आगामी तीन दिन देशका विभिन्न भागमा हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको भनाई छ ।
नेपालको दक्षिण भू–भाग नजिक मनसुनी न्यून चापीय रेखा रहेको छ । त्यसैको प्रभावले आज देशका अधिकांश भू–भागमा सामान्य बदली रही प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
पूर्वानुमान महाशाखाले आउने २४ घन्टामा प्रदेश नं १ र बागमती प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना रहेको र उक्त प्रदेशहरुको पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, नदीनाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।
यस्तो छ तीन दिनको मौसम पूर्वानुमान
२०७८ असार ११ गते
दिउँसो : देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १ र बागमती प्रदेशका एक(दुई स्थानमा मेघगर्जनरचट्टयाङ्गसहित भारी वर्षाको सम्भावना छ।
राती : देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थान र बांकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जनरचट्टयाङ्गसहित भारी वर्षाको सम्भावना छ।
२०७८ असार १२ गते
दिउँसो : देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, प्रदेश नं २ र बागमती प्रदेश थोरै स्थानमा मेघगर्जनरचट्टयाङ्गसहित भारी वर्षाको सम्भावना छ।
राती : देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, प्रदेश नं २ र बागमती प्रदेश एकरदुई स्थानमा मेघगर्जनरचट्टयाङ्गसहित भारी वर्षाको सम्भावना छ।
२०७८ असार १३ गते
दिउँसो : देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
राती : देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।