माइतीघरमा विद्यार्थीको नारा : ‘जातिय अहंकारी शिक्षामन्त्री राजीनामा दे’

शनिबार, १२ असार २०७८

काठमाडौँ – काठमाडौँको माइतीघरमा अखिल ((क्रान्तिकारी)ले पर्दशन गरेको छ । रुपा सुनारलाई जातिय विभेद गर्ने घरबेटीलाई प्रहरी चौकीबाट छुटाएर ल्याएको भन्दै अखिल क्रान्तिकारीले पर्दशन गरेको हो ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठनले ‘जातिय अहंकारी शिक्षा मन्त्री राजीनामा दे, सबैखाले जातिय विभेद विरुद्व संघर्ष गरौँ’ लगायतका नाराहरु लगाउँदै रुपा सुनारलाई न्याय दिलाउन माग गरेको छ । नाराजुलस पछि भएको कोणसभालाई सम्बोधन गर्दै अखिल क्रान्तिकारीका अध्यक्ष चिरन्जीवी ढकालले राज्यले नै जातिय विभेद गरेको बताए । दलाल संसदीय व्यवस्थामा यस्ता खालका विभेदहरु हुने भन्दै यसकोृ अन्त्यका लागि संघर्ष गर्न पर्ने अवस्था आएको उनको भनाई थियो ।

‘१० बर्षे जनयुद्धमा हजारौँ दलितहरुको सहादत भएको छ । उहाँहरु सहिद भएर ल्याइदिएको गणतन्त्रमा तिनै दलितमाथि विभेद गर्ने ?’ कोणसभालाई सम्बोधन गर्दै ढकालले भने, ‘यस्ता विभेदकारी शिक्षा मन्त्रीले तत्काल राजीनामा दिन पर्छ । कुर्सीमा बस्ने नैतिकता गुमिसकेको छ । राजीनामा दिएनन् भने सडकबाटै यसको निकास खोज्छौँ ।’

‘रुपा सुनारलाई न्याय दे, मान्छे भएर बाँच्न पाउने अधिकार सुनिश्चित गर, सबैखाले जातिय विभेदको अन्त्य गरौँ, शिक्षा मन्त्री राजीनामा दे’ लगायतका नारा लगाएका थिए । एक्काइसैँ सतावदीमा पनि मान्छेले मान्छेलाई विभेद गरेबार घोर आपती जनाउँदै यस्ता खाले विभेदको अन्त्य गर्न अखिल क्रान्तिकारीले मागसमेत गरेको छ ।

संचारकर्मी रुपा सुनलाई दलित भएकै कारण कोठा नदिएपछि बबरमहलकी घरवेटी सरस्वती प्रधान पक्राउ परेकी थिइन् । उनलाई छुटाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठ प्रहीह चौकी पुगेका थिए । उनले चौकीबाट प्रधान छुटाएर आफ्नै गाडीमा राखि घर पुर्याइदिएका थिए ।